काठमाडौं सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।लघुवित्तको माघ ८ गते सम्पन्न संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृती गरी प्रकाशन गर्न दिएकोे स्वीकृती भए बमोजिम कम्पनीले आगामी फागुन ५ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।
उक्त सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २५ गते एक दिन बन्द रहनेछ । माघ २४ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।