काठमाडौं । नेप्से ५ दशमलव ५७ अंकले घटेर २३२६ दशमलव ९० को विन्दुमा कायम भएको छ ।टेडिङ, फाइनान्स र जीवन बीमा कम्पनी बाहेक आज अन्य क्षेत्रको उपूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ६ सय वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
नेपाल लाइफको ९१ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।प्रगोसिभ फाइनान्स, नेपाल फाइनान्स, गुर्खाज फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९५ का दरले कमाएका छन् ।
सर्पाट माईक्रोफाइनान्सका लगानीकर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले गुमाएका छन् भने छ्याङ्दी हाईड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।