IME Life

पाँच महिनामा कुल वस्तु निर्यात ५% ले बढ्यो, आयात घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तुनिर्यात ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.० प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमाभारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.६ प्रतिशत र ०.८प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५.२प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा अलैंची, जुटकासामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल,जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु आयात ९.६ प्रतिशतले घटेर रु.५२५ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुककाआधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतलेघटेको छ ।

वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एम.एस. बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा,कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा,कच्चा पाम तेल, अन्यमेसिनरी तथा पार्टपुर्जा,यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाटगरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सारकार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले घटी रु.४७५ अर्ब ४४ करोडकायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS