काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यालय स्थान्तरण भएको छ । कार्यालय ललितपुर महानगरपालिका वडा नम्बर–१५ खुमलटारमा स्थानन्तरण भएको हो ।
बोर्डको हाल ललितपुर महानगरपालिका वडा नं–५ जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिसरमा रहेको कार्यालय खुमलटार स्थित श्री एक्जोटिक ओरिएन्टल क्राफ्टस प्रालिको भवनमा सरेको सूचना मार्फत जनाएको छ।
माघ १ गतेदेखि बोर्डको सम्पूर्ण काम खुमलटारस्थित कार्यालयबाटै हुने बोर्डले जनाएको छ ।