काठमाडों । इन्फिनिटी लघुवित्तको चौथो वार्षिक साधारणसभा आगामी माघ २४ गते हुने भएको छ ।लघुवित्तको संचालक समितिको गत सोमवार बसेको बैठकले केन्द्रीय कार्यालय गैंडाकोट, नवलपुरमा बिहान ११ बजे सभा भर्चुअल माध्यममार्फत आयोजना गर्ने भएको छ ।
सभाले चुक्तपूँजीको १४ दशलमलव २५ प्रतिशत बोनस शेयर र ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।सभा प्रयोजनका लागि कम्पनीको माघ ९ गतेदेखि २४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द रहनेछ । जसका कारण माघ ८ गतेसम्म नेप्सेमा कारोबार भई प्रचलित कानून बमोजिम बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुृनेछन् ।