काठमाडौं । सिभिल लघुवित्तले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार सम्पन्न संचालक समिति बैठकले ३ दशमलव ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ० दशमलव १८४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
सिभिलले गत साउन २५ देखि भदौ २९ गतेसम्म बिक्री गरेको १०० प्रतिशत हकप्रद शेयरपछि कायम २३ करोड ३९ लाख ३३ हजार ७०० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिन लागेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।