IME Life New

धितोपत्र व्यवसायीले खुद नाफाको १% रकम संस्थागत सामाजिक उत्तरदायित्वको लागि छुट्याउनु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग आवद्ध संस्थाले खुद नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वको लागि छुट्याउनपर्ने भएको छ । निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, ब्रोकर, स्टक डिलर, रेटिङ एजेन्सी लगायतका संस्थाहरुले आफ्नो खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वको लागि छुट्याउन पर्ने भएको छ ।

यसरी छुट्याईएको रकम लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
त्यस्तै, मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको छ । अब भने केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल (ब्रोकर) तथा धितोपत्र व्यापारी (स्टक डिलर)मा पनि यो लागु हुने भएको हो ।

Esewa
Crest

बोर्डले धितोपत्र व्यवसायीको खुद मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउने र प्रमुख रुपमा उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिबृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन हुने सूचनामार्फत जनाएको छ ।

यसबाट लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुग्नुको साथै लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा लिएको छ।

बोर्डले नयाँ लगानीकर्ताको प्रवेश समेत बढ्दै गइरहेको सन्दर्भमा प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने र यसका लागि धितोपत्र बजारसम्बद्ध सबै पक्षहरुको सहभागीताको आवश्यकता देखिएकोले यो निर्णय गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS