काठमाडौं । तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
होटलको पुस २३ गते बसेको संचालक समितिको बैठकले चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको लाभांश कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त होटलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् ।