Connect IPS
IME Life

नेप्से १३ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार, ५ कम्पनीमा सकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से १३ दशमलव ०७ अंकले बढेर २१७८ दशमलव ५७ को विन्दुमा कायम भएको छ । बैंकिङ् र हाईड्रोपावर बाहेक अन्य कम्पनीहरुको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ५ सय वटा कम्पनीको १ करोड ५ लाख ३५ हजार २ सय १६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफ इन्स्योरेन्सकोे २१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको २० करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै आज पाँच कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिका लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय, नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कालिका लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८९ का दरले कमाएका छन् ।

नेपाल इन्भेष्मटमेन्ट बैंकको प्रमोटर शेयर ८ दशमलव ५५ प्रतिशतका दरले घटेको छ भने जोशी हाईड्रोपावर ५ दशमलव १३ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS