काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बेचेर यसै त्रैमासमा ९ करोड नााफा बढाएको छ ।
प्रिमियरलले नेपाल पुनर्बीमा कम्पनीलाई सो सेयर प्रतिकित्ता १९०० रुपैयाँको दरले लिलाम प्रक्रिया मार्फत बेचेको हो । प्रिमियरले लिलाममा तेस्रोपल्ट राखेको सेयरलाई पुनर्बीमा कम्पनीले सकारेको थियो । सो सेयरको लागत एक करोड कटाई बाँकी ९ करोड प्रिमियरको पूँजीगत जगेडामा समाबेश हुने भएको छ ।
प्रिमियरसँग नेपाल पुनर्बीमासहित अरु ७० वटा कम्पनीका अर्बौ रुपैयाँ बराबरका सेयर स्वामित्व छ ।
हेर्नुहोस् यो विवरण
एक अर्ब ७ करोड चुक्ता पूँजी रहेको प्रिमियरको जगेडा कोषमा ३६ करोड र बीमा कोषमा ७१ करोड छ । उसले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ७ करोड ९०) लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४२ पेसा कायम गरेको छ ।
कम्पनीले गत आर्थिक बर्षको नाफाबाट लाभांश प्रस्ताब गर्न बाँकी नै छ ।