काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ ।लघुवित्तको पुस १९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांश अनुमोदन गरेपछि मात्र वितरण गरिने बैंकले जनाएको छ ।