काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको लिलामी सेयर दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय अवधिसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर २८ गतेबाट १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यस शेयरमा सर्वसाधारण लगानीकर्ताले पनि लिलामी भर्न सक्नेछन् ।यसमा न्यूनतम २ सय ९५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापीटल कमलादी, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ।
यस आवेदकले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र सोमबार (पुस २० गते) बिहान १० बजे मुक्तिनाथ क्यापीटल कमलादी, काठमाडौँमा खोलिनेछ ।