युनाइटेड फाइनान्सको साधारण सभा पुस २९ गते हुने भएको छ । कम्पनीले सभा बिहान ११:३० मा कम्पनीको कार्यालय आईजे प्लाजा दरबारमार्ग, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको पुस ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १४ गते देखि २९ गतेसम्म बन्द रहने भएको छ ।कम्पनीले यस वर्ष शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।