काठमाडौं । नेप्से ८ दशमलव ५७ अंकले बढेर २००७ दशमलव २९ को विन्दुमा कायम भएको छ।ट्रेडिङ, विकास बैंक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । दिनभरिमा २ सय १४ सय वटा कम्पनीको ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफकोे ३४ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको ३२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६२ प्रतिशतले बढेको छ।
एसबिएल डिभेञ्चर २०८२ का इकाईधनीले ७ दशमलव ६० का दरले गुमाएका छन् भने समिट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ दशमलव ८७ प्रतिशतले घटेको छ।