काठमाडौं । बीमा समितिले मुद्धती निक्षेपमा लगानी गर्ने वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ । समितिले सार्वजनिक सूचनामार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मुद्दति निक्षेपका लागि बोलपत्र आह्वान गरेको हो ।
समितिले इच्छुक वाणिज्य बैंक तथा विकास बैंकले अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा, नोक्सान उल्लेख गरेर शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
त्यस्तै, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोष लगाएका जानकारी सपष्ट रुपमा खुलाएर आवेदन दिन समितिले भनेकोछ । इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी १५ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह गरेको छ ।