काठमाडौं । एनआईबिएल प्रगति फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ ) बढेको छ ।फण्डको प्रतिइकाई खुद मूल्य कात्तिक मसान्तमा रू. ११ दशमलव ९५ रहेको थियो भने मंसिर मसान्तमा आइपुग्दा वृद्धि भएर रू. १३ दशमलव ४७ पुगेको हो ।
यो योजनाले मंसिर मसान्तसम्म रू. २७ करोड २ लाखभन्दा बढी नाफा आर्जन गरेको छ । अघिल्लो महिनामा फण्डको नाmा रू. १५ करोड ६४ लाख थियो ।
त्यस्तै एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड–१ को प्रतिइकाई खुद मूल्यसँगै नाफामा वृद्धि भएको छ ।