IME Life New

तीन कम्पनीको लाभांश र नागरिक लगानी कोषको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेप्सेमा सुचिकृत चारवटा  कम्पनीले भोलि  पुस १४ गते बुकक्लोज रहेको छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने शेयरधनीहरुले  लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक , एनएमबि लघुवित्तको लाभांश र नागरिक लगानी कोषको हकप्रद शेयर प्राप्त गर्न सक्नेछन्।

लुम्बिनी विकास बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित वितरण गर्ने प्रस्तावसहित पुस २६ गते साधारण सभा डाकेको छ।

Esewa
Crest

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा आयोजना गर्ने भएको छ।

एनएमबि लघुवित्त लिमिटेडले पनि पुस २७ गते नै साधारण सभा बोलाएको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सो सभा बोलाएको हो।

नागरिक लगानी कोषले पुस २८ गतेदेखि चुक्ता पूँजीको ८२ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन गर्नेछ। सोही प्रयोजनार्थ कोषले भोलि बुकक्लोज गर्न लागेको हो। कोषको हकप्रद शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। पुस १३ गते सम्म कायम रहेका शेयरधनिहरुले सो हकप्रद शेयरमा माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS