काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज पुस १० गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ दशमलव ५० प्रतिशत बोनस शेयर र ० दशमलव ७१ प्रतिशत नगद (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।