IME Life New

ब्रोकर कमिशन अधिकतम् शून्य दशमलव ४० प्रतिशत, ठूलो कारोबारमा कमिशन शुल्क न्यून

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आज बसेको बैठकले ब्रोकर कमिसनमा केही घटाएको छ । बोर्डले एक सूचना प्रकाशन गर्दै यस्तो जानकारी दिएको हो।

बोर्डले संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी सेवा शुल्क वापत लिन पाउने शुल्कको आधारमा ५० हजारम्मको कारोबार गर्दा ० दशमलव ४० प्रतिशत ५० हजार भन्दा माथि ५ लाखसम्मको कारोबार गर्दा ० दशमलव ३७ प्रतिशत, ५ लाख देखि २० लाख रुपैयाँसम्मको कारोबार गर्दा ० दशमलव ३४ प्रतिशत, २० भन्दा माथि १ करोडसम्मको कारोबार गर्दा ३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकै कारोबारमा ० दशमलव २७ प्रतिशत मात्र सेवा शुल्क लिन पाउने प्रावधान गरेको छ ।

Esewa
Crest

त्यस्तै, नेपाल सरकार वा नेपाल सरकार जमानत वा पूर्ण सुरक्षित हुने गरि सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्रको खरिद बिक्रि गर्दा भितोपत्र दलालले ५ लाख सम्मको कारोबार गर्दा ० दशमलव १० प्रतिशत, ५ लाख देखि माथि ५० लाखसम्मको कारोबार गर्दा ० दशमलव ०५ प्रतिशत र ५० लाख भन्दा माथि जतिसुकै कारोबार गर्दा पनि ० दशमलव ०२ प्रतिशत मात्र सेवा शुल्क लिन पाउनेछन् ।

त्यस्तै सामूहिक लगानी कोषको कारोबारमा पाँच लाख रुपैयाँ सम्मको कारोबारमा शून्य दशमलव १५ प्रतिशत, ५० लाख रुपैयाँ सम्मको कारोबारमा शून्य दशमलव १२ प्रतिशत र ५० लाख भन्दा माथि जतिसुकै भएपनि शून्य दशमलव १० प्रतिशत कमिशन लिन पाउने निर्णय गरेको छ ।

यसअघि ब्रोकर कमिशन घटाउन माग गर्दै बोर्डमा लगानीकर्ताहरुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS