काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनी संचालक समितिको पुस ८ गते बुधबार सम्पन्न २ बैठकले बिना लाभांश पुस २९ गते बिहान ११ बजे कम्पनीको कार्यालय हात्तिसारमा नवौं वार्षिक साधारण सभा बोलाएको हो ।सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।
अघिल्लो आव २०७५/७६ बाट १० प्रतिशत बोनश शेयर र बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनीले गत आव २०७६/७७ बाट भने कुनैपनि लाभांश वितरण नगर्ने भएको हो ।
सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते शुक्रबार बुकक्लोज गर्ने भएको छ । जसका कारण पुस १६ गते बिहीबारसम्म कायम शेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।