IME Life New

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २३औं वार्षिक साधारण सभा आज (पौष ८ गते, ) सम्पन्न भएको छ । सभा कम्पनीको कक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यम मार्फत सम्पन्न भएको हो ।

सभाले संचालक समितिको बैठकले निर्णय गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को नाफा कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।

Esewa
Crest

त्यस्तै, सभाले १ः१ अनुपातको हकप्रद शेयरमध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ (१ः०५) को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्न असोज २१ गते बुधबार नै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरिसकेको छ । सभामा कम्पनीको आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन, आ.व२०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आ.व २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS