काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले पुस २९ गते पाँचौँ साधारण सभा आब्हान गरेको छ । कम्पनीले सभा धनगढी, कैलालीमा बिहान ११ बजे गर्ने जनाएकाने छ ।
सभामा घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त वित्तीय संस्था कात्तिक २१ गते प्राररम्भिक समझदारी पत्रमा हस्ताक्षर भएकोमा सो प्रारम्भिक सझदारी पत्रलाई अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै, सभामा दुई वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियरी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।