काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको २ लाख ४३ हजार २५० कित्ता शेयर सोमबार स्वरोजगार लघुवित्तको नाममा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । शेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
स्वरोजगारले १०० कित्ता शेयर बराबर ७० कित्ता शेयर अनुपातमा जनकपुर लघुवित्तलाई प्राप्ती गरी २०७७ असोज २५ गतेदेखि एकिकृत कारोबार थालेको हो ।