काठमाडौं । कृषि विकास बैंकले पुस २९ गते साधारण सभा आह्वान गरेको छ । उक्त सभा बैंकको केन्द्रीय कार्यालय बोडे, भक्तपुरमा बिहान ११ बजे हुने भएको छ ।
सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।साथै सभाले अग्राधिकार शेयरधनीलाई चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १५ गते देखि २९ गतेसम्म बन्द गर्ने भएको छ । जसका कारण पुस १४ गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउनेछन् ।