काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।बैंकको प्स ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ४ दशमलव ४० प्रतिशत बोनस शेयर र ० दशमलव २३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ४ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।