Connect IPS
IME Life

एशियन लाइफको साधारण सभा सम्पन्न, मंसिर मसान्तसम्ममा आर्जन गर्यो २ अर्ब ३२ करोड कुल बीमा शुल्क

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीेको उक्त सभा वीरगंज स्थित होटल पुजनमा आज पुष ४ गते सम्पन्न भएको हो । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले आर्थिक वर्ष २०७४ ७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

त्यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित भएको छ ।

Prabhu
Crest

कम्पनीले २०७७ असार मसान्तसम्ममा २३ अर्ब ६ करोड जीवन बीमा कोष र २४ अर्व १६ करोड रुपैयाँ लगानी तथा कर्जामा रहेको छ । त्यस्तै, चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा कम्पनीले कुल २ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

हालसम्म कम्पनीले मुलुकभर ३९ वटा शाखा तथा १ सय १ वटा उप शाखा कार्यालय मार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ भने हालसम्म कम्पनीले २२ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । अगामी दिनहरुमा पनि कम्पनीले ७७ वटा जिल्लाको अधिकांश गाउँ गाउँमा गई बीमाको पहुँच पुर्याइ सर्वसुलभ सेवा प्रदान गर्ने तथा समय सापेक्ष आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS