IME Life New

१९ जीवन बीमा कम्पनीको कूल लगानी तीन खर्ब पाँच अर्ब, कुन क्षेत्रमा कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले अर्थतन्त्रको विभिन्न क्षेत्रमा कूल तीन खर्ब पाँच अर्ब ४६ करोड २८ लाख २४ हजार रुपैयाँ लगानी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको चालु आवको प्रथम त्रैमासिक विवरण अनुसार कम्पनीहरुले सो रकम लगानी गरेको देखिएको हो ।

बीमा समितिका अनुसार नेपालका बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गरेका छन् । विवरण अनुसार जीवन बीमा कम्पनीहरुले कूल दुई खर्ब ५४ अर्ब २४ करोड ४० लाख ८७ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राखेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको मुख्य स्रोत बीमा कम्पनीहरु हुन् ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुले दुई खर्ब २३ अर्ब ७५ करोड तीन लाख पाँच हजार रुपैयाँ क बर्गका बैंकमा मुद्दति निक्षेपमा लगानी गरेका छन् । त्यस्तै, २७ अर्ब ६४ करोड ३८ लाख ८० हजार रुपैयाँ विकास बैंकमा लगानी गरेका बीमा कम्पनीहरुले ग बर्गको फाइनान्स कम्पनीमा दुई अर्ब ५१ करोड ९९ लाख दुई हजार रुपैयाँ लगानी गरेका छन् । त्यस्तै पूर्वाधार बैंकको मुद्दति निक्षेपमा तीन अर्ब ३३ करोड रुपैयाँ लगानी गरेका छन् ।

बीमा कम्पनीहरुले सर्वसाधारणको बचत तथा जीवन जोखिमको दायित्व बहन गर्ने हुँदा सुरक्षित स्थानमा मात्रै लगानी गर्नुपर्ने व्यवस्थाको कारण सरकारी ऋणपत्र तथा क बर्गका बैंकहरुको मुद्दति निक्षेप जस्ता सुरक्षित क्षेत्रमा मात्रै लगानी गर्ने गरेका छन् । जोखिमयुक्त क्षेत्रमा लगानी गर्दा सर्वसाधारणको बचत तथा कुनै कारणवश ठूलो जोखिम आईपरेको खण्डमा तत्काल लगानी फिर्ता गर्न समस्या पर्ने हुँदा जीवन बीमा कम्पनीहरुले नाम चलेका बैंकहरुमा मुद्दति निक्षेप राख्ने कार्य पहिलो रोजाईमा पर्ने गरेका छन् ।

त्यस्तै, जीवन बीमा कम्पनीहरुले सरकारी ऋण पत्रमा दुई अर्ब ४८ करोड ५३ लाख २५ हजार रुपैयाँ लगानी गरेका छन् भने कृषि तथा जलस्रोत क्षेत्रमा दुई अर्ब एक करोड ८५ लाख ८० हजार रुपैयाँ लगानी गरेका छन् । कृषि तथा जलस्रोत क्षेत्र अन्तर्गत जल विद्युतमा लगानी गरेका हुन् । कृषि क्षेत्रमा गरिएको लगानी लगभग शून्य नै छ ।

विवरण अनुसार सबैभन्दा धेरै लगानी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गरेको छ । सो कम्पनीले ७७ अर्ब २८ करोड ३६ लाख ३२ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । त्यस्तै, एलआईसी नेपालले ५७ अर्ब ६३ करोड ९४ लाख ४२ हजार रुपैयाँ लगानी गरेका छन् भने नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३४ अर्ब १७ करोड १० लाख ६० हजार रुपैयाँ कूल लगानी गरेको छ । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानले २८ अर्ब ६८ करोड ९९ लाख ७६ हजार रुपैयाँ लगानी गरेको छ भने एशियन लाईफले २० अर्ब ८३ करोड ३० लाख सात हजार रुपैयाँ, मेट लाईफले २० अर्ब ६९ करोड८३ लाख १५ हजार रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, सूर्या लाईफले नौ अर्ब ३१ करोड ६५ लाख ८० हजार रुपैयाँ, गुराँस लाईफले नौ अर्ब ३१ करोड १४ लाख ८८ हजार रुपैयाँ र प्राईम लाईफले १४ अर्ब छ करोड ६१ लाख ६२ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

हेरौं क्षेत्रगत र कम्पनीहरुको लगानीको सूचि

स्रोतः बीमा समिति

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS