मेगा बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते सम्पन्न संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ को नाफा वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ०५ प्रतिशत नगद लाभांश गरि कुल १३ दशमलव ०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।उक्त लाभांश शेयरधनीहरुले नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित भएपश्चात् पाउनेछन् ।