IME Life New

स्वास्थ्य बीमा बोर्डमा जागिर खुल्यो, ७३ जनालाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा जागिर खुलेको छ। बोर्डले एक सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको हो।

बीमा बोर्डमा पाँचौँ तह दर्ता अधिकारीदेखि आठौँ तहमा मेडिकल अधिकृतसम्मको पदमा दरखास्त खुलाइएको छ। जसअनुसार काठमाडौंका लागि मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेन्ट (आठौँ तह) एकजना, हेल्थ इकोनोमिस्ट (सातौँ तह) एकजना, जनस्वास्थ्य अधिकृत (सातौँ तह) १ जना, एक्चुअरियन अधिकृत (सातौँ तह) एकजना, काठमाडौं तथा प्रदेश शाखा कार्यालयका ३ जना सूचना प्रविधि सहायक (पाँचौँ तह) र जिल्ला सम्पर्क कार्यालय र स्थानीय तहका लागि ६० जना दर्ता अधिकारी (पाँचौँ तह) छन्।

Esewa
Crest

यी पदमा अस्थायी दरबन्दीअन्तर्गत नयाँ जनशक्ति भर्ना गर्न लागिएको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ।

Latest_Vacancy_Details_Jan12_2026_l8luetf

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS