काठमाडौं । आज नेप्से परिसूचक १ दशलमव १३ अंकले बढेर २,५४५ को विन्दुमा कायम भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माबिलुङ इनर्जी र श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरी र बुङगल हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















