IME Life New

एनआईएमबी एस क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईएमबी एस क्यापिटलले सञ्चालन गरेको ३ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको सञ्चालक समितिको बैठकले एनआईबीएल ग्रोथ फन्ड, मेगा म्युचुअल फन्ड–१ र एनआईबिीएल समृद्धि फन्ड–१ को लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरु करसहित एनआईबीएल ग्रोथ फन्डमा १० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ), मेगा म्युचुअल फन्ड–१ मा ११.७५ प्रतिशत (१४ करोड ६८ लाख ७५ हजार रुपैयाँ) र एनआईबिीएल समृद्धि फन्ड–१ मा ७ प्रतिशत (१० करोड ५० लाख रुपैयाँ) नगद लाभांश वितरण गरिने क्यापिटलले जनाएको छ।

Esewa
Crest

यी तीनैजनाको लाभांश वितरणार्थ भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ भदौ २६ गतेसम्म कायम इकाइधनीले यी म्युचुअल फन्डको लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS