IME Life
Beema Board

नेपाल मेडिकल कलेजका विद्यार्थीलाई अभिमुखीकरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा.भोला रिजालले स्नातकोत्तर कार्यक्रममा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत गरेर अध्ययन गर्न सुझाए ।

डा। रिजालले आफुले मेडिकल शिक्षा अध्ययन गर्दाको समयमा स्नातकोत्तर तह अध्ययन गर्न ४० वर्ष पुरा भएको हुनुपर्ने मान्यता अहिले हटेको बताए । ‘आज २८ वर्ष उमेरका विद्यार्थीहरु पोस्ट ग्राजुएट गर्न आएको देख्दा मलाई गर्व लागेको छ । हाम्रो पालामा ४० नकटी पोस्ट ग्राजुएट गर्न हुँदैन भन्ने मान्यता राखिन्थ्यो भने, अहिले आएर एमविविएस पास गरिसकेपछि जसले इन्र्टनशिप पुरा गर्छ त्यसलाई पोस्ट ग्राजुएट गर्न रोक्नुहुँदैन भन्ने लडाईमा हामी छौं ।’ नेपाल मेडिकल एशोसिएसन मातहतमा लडिरहेको लडाईले विद्यार्थीहरुलाई ठूलै उपलब्धी हुने भन्दै डा. रिजालले भने ।

Prabhu
Crest

अरु मुलुकहरुमा एमविविएस पास गरे लगत्तै पोस्ट ग्राजुएट गर्न पाइने प्रावधान अब नेपालमा पनि लागू हुनुपर्ने डा। रिजालको तर्क छ । मेडिकल शिक्षा अध्ययनका लागि नेपाल मेडिकल कलेज उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष डा। रिजालले विद्यार्थीको सिकाई र अध्ययनका लागि कलेज प्रशासन सदैव सहयोगी भूमिकामा रहने बताए । मेडिकल शिक्षा अध्ययन गर्नु भनेको धेरै गाह्रो विषय हो भन्दै त्रासमा रहेर अध्ययन नगर्न सुझाए । ‘तपाईहरु आफ्नो कामदेखि रमाउन सक्नुहोस्, धेरै पढिराख्नु पर्दैन । जब बिरामी तपाईहरुको अगाडी आउँछ उसलाई कसरी खुसी पार्ने, निको पारेर घर पठाउने मात्र सोच्नु होस्, दुखःलाई नै सुख ठान्नुहोस् ।’ उनले भने ।

कलेजका प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले आफुले एमविविएस गर्दाको समय र अहिलेको पढाईमा धेरै अन्तर आइसकेको बताउँदै मेहनत र लगनशील भएर अध्ययन गर्ने विद्यार्थीहरुले सधैं सफलता प्राप्त गर्ने बताए । ‘मेडिकल शिक्षा विशिष्टीकृत विषय हो ।

४० वर्ष मैले पिजी पाउँदा मलाई सर्जन भइसके लागेको थियो । जब पढ्न गएँ बेकार पढ्न आएँ जस्तो लाग्यो । धेरै मेहनत गर्नुपर्दथ्यो । अल इण्डीया इन्ष्टिच्युटबाट परीक्षा लिन आउँथे । प्रोफेसरहरुले ओटीमा केही गल्ती गरे कुटीपनि हाल्थे । राती राम्ररी सुत्न पाइदैनथ्यो । राम्ररी खान पाइँदैनथ्यो ।’ तर, त्यसबेला गरेको मेहनतले सफलता प्राप्त गरेको भन्दै प्रा।डा। अन्सारीले विद्यार्थीहरुलाई मेहनत गर्न सिक्नुपर्ने बताए ।

प्रा.डा.अन्सारीले नेपाल मेडिकल कलेज गुणस्तरीय मेडिकल शिक्षाका लागि सदैव विद्यार्थीको पक्षमा रहेको बताउँदै विगतको जस्तो मेडिकल शिक्षा अध्ययन गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको जनाए । विद्यार्थीले हासिल गरेको सफलतामा कलेजले गर्व गर्ने भएकाले मेहनतका साथ लगनशील भएर अध्ययन गर्न प्रा.डा. अन्सारीले जोड दिए ।

यस्तै, कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्रीले मेडिकल शिक्षाको क्षेत्रमा कलेजले दक्ष जनशक्ति उत्पादन र स्वास्थ्य सेवामा राम्रो काम गरिरहेको बताउँदै पोस्ट ग्राजुएट गर्न आएका विद्यार्थीको सिकाईमा कलेजले कुनै कम्प्रोमाइज नगर्ने बताउँदै विद्यार्थीले पनि कलेजको अनुशासन र नियममा रहेर अध्ययन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कलेजका अस्पताल निर्देशक प्रा.डा.मोदनाथ मरहठ्ठाले विद्यार्थी र परिवारले देखेको सपना पुरा गर्न कलेज तत्पर रहेको भन्दै अनुशासनमा रहेर अध्ययन गर्न सुझाए । कलेजमा शैक्षिक सत्र २०२४ का लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर कार्यक्रमका लागि ६० वटा सिट निर्धारण गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा कलेजका हस्पिटल डाइरेक्टर डा। राजेश किशोर श्रेष्ठ, निर्देशक डा. साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायत विभिन्न विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS