IME Life
Beema Board

मण्डिखाटार फर्स्ट एमेच्योर टेनिस प्रतियोगिता सुरु, १२७ प्रतियोगी सहभागी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मण्डिखाटार फर्स्ट एमेच्योर टेनिस प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन टेनिस संघका पूर्वअध्यक्ष मनोज शमसेर जवराले उद्घाटन गरेका थिए। चैत २५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न उमेर समूहमा १२७ जना प्रतियोगीले सहभागिता जनाएका छन्।

प्रतियोगिताअन्तर्गत अन्डर ३५, ४५, ५५ र ६५ वर्ष माथिका गरी चार उमेर समूहका खेलाडी रहेका छन्। जसमा सिंगल र डबल्स गरी ८ बिधामा प्रतिस्पर्धा हुने छ। अन्डर ३५ वर्ष उमेर समूहमा प्रथम हुने एकल विजेताले २५ हजार,दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउने छन्। अन्डर ४५ वर्ष उमेर समूहतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार, अन्डर ५५ वर्ष उमेर समूहमा पनि प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पाउने छन्। यस्तै, ३५ वर्ष उमेर समूहमा दुई जना खेलाडीतर्फ भने प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० र तेस्रोलाई १० हजार रुपैयाँको पुरस्कार राशिको व्यवस्था गरिएको छ।

Prabhu
Crest

प्रतियोगिताको पहिलो दिन ६५ वर्ष माथि सहदेव ढुंगाना र रत्न गुरुङको जोडीले वाकओभर पाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

यसैगरी अर्को खेलमा धिर गुरुङ र रविन्द्र श्रेष्ठको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेको छ। यो जोडीले भिक्टर जबरा र नोरक्याल टास्टेनको जोडीलाई ६–३ र ६–३ को स्कोरमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो। यस्तै, एकलतर्फ ६५ वर्ष माथिको उमेर समूहमा धु्रव गुरुङले राजेन्द्र जंग कार्कीलाई ६–४ र ६– १को स्कोरमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे। त्यस्तै ४५ वर्ष माथिको इभेन्टमा प्रदीप शाहले गोपाल ज्ञवालीलाई ६–१ र ६–३ को स्कोरमा पराजित गर्दै राउन्ड अफ सिक्सिटीनको यात्रा तय गरेका छन्।

त्यसैगरी ५५ वर्ष माथिको उमेर समूहमा बिनोद कायस्थ, मनोज शाहले वाकओभर पाउँदै राउन्ड अफ सिक्सटीनको यात्रा तय गर्दा ४५ वर्ष माथिको इभेन्टमा केशर गुरुङले मनोज कुमार श्रेष्ठलाई ६–१, ६–३ को स्कोरमा पराजित गर्दै राउन्ड अफ सिक्सटीनमा प्रवेश गरे। यही उमेर समूहमा हेमराज ढकालले भने वाकओभर पाएर अघि बढ्दा, ३५ वर्ष माथिको इभेन्टमा सोवित गौचन राउन्ड अफ सिक्सटीनमा पुग्दा नकुल थापाले वाकओभर पाएर अघि बढेका थिए।

यसैगरी ४५ वर्ष माथिको डबल्समा किरन नेपाल र ओम अधिकारीको जोडीले गोपाल दास र निरेश श्रेष्ठको जोडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्दा ३५ वर्ष माथिको सिंगल्समा ब्रिजेस लाकोल, दीप जंगबहादुर राणाले अन्तिम १६ मा स्थान पक्का गरे। यसैगरी ४५ वर्ष माथिको सिंगल्समा मेघन्द्र प्रकाश गिरीले रमेश रोकालाई ३–६, ६–२ र १०–७ को स्कोरमा पराजित गर्दै राउन्ड अफ सिक्सटीनमा स्थान पक्का गरे।

त्यसैगरी यही उमेर समूहको सिंगल्समा सञ्जीव कुमार श्रेष्ठ, ३५ वर्षको सिंगल्समा कृष्ण उप्रेती विजयी हुँदै अघि बढ्दा समिर गुरुङले वाकओभर पाएर अन्तिम १६ मा स्थान पक्का गरे। त्यस्तै ३५ वर्ष सिंगल्समा एलम दिक्षितले अन्तिम १६ मा स्थान पक्का गर्दा ५५ वर्ष सिंगल्समा जीवन घिमिरे, राम राणा, शिव सेडाईं र प्रदीप शाहले अन्तिम १६ मा आफूलाई सुरक्षित गरे। ३५ वर्षको डबल्समा राजु श्रेष्ठ र डीगेन्द्र श्रेष्ठ, निमा लामा र विभु कायस्थ तथा प्रवेश पन्त र ब्रिजेश लाकोलले क्वाटरफाइनलको यात्रा तय गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS