IME Life

जीवन बीमकले भित्र्याए साढे २ अर्ब व्यवसाय, नेपाल लाइफलाई टक्कर दिँदै नेशनल लाइफ

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले कुल साढे २ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिरणले प्रकाशन गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले ४ लाख १५ हजार ६७६ वटा बीमा पोलिसी बिक्री गरी २ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन्।

प्रथम बीमाशुल्कका आधारमा फागुनमा नेशनल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई टक्कर दिएको देखिन्छ । यसअधि अरु कम्पनी र नेपाल लाइफको बीमाशुल्कमा धेरै अंकले फरक हुँदै आएकोमा फागुन महिनामा भने नेशनल लाइफले राम्रो व्यापर गरी नेपाल लाइफकै दाँजोमा पुग्न थालेको हो । फागुन महिनामा नेपाल लाइफले ५६ करोड ५३ लाख रुपैयाँ नयाँ व्यापार गरेको छ भने नेशनल लाइफले ५० करोड २२ लाख रुपैयाँ नयाँ व्यापार गरेको छ।

Prabhu
Crest

तेस्रोमा हिमालयन लाइफ रहेको छ । यो एक महिनामा यस कम्पनीले १९ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। सूर्यज्योति लाइफले १८ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १५ करोड ४५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । एशियन लाइफले १५ करोड ३२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, सिटिजन लाइफले १३ करोड ५६ लाख रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले १२ करोड ९६लाख रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेको छ । आइएमई लाइफले १० करोड ८३ लाख रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले १० करोड ७९ लाख रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १० करोड ५० लाख रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेको छ ।

मेट लाइफले १० करोड १३ लाख रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ७ करोड ४१ लाख रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

7%

अचम्मित

27%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS