IME Life

भिजन सेक्यूरिटिजले कर्मचारीलाई दियो अभिमुखिकरण तालिम

SPIL
NIC ASIA

काठमाडौं । भिजन सेक्यूरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) ले कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । सेक्यूरिटिजले आफ्नो उपत्यका वाहिर रहेका ९ वटा र उपत्यकाका ३ वाट शाखा गरि जम्मा १२ वटा शाखाका कर्मचारीहरुलाई चैत ९ गतेबाट चैत ११ गते सम्म टिष्टुङ्ग, कुलेखानी, मकवानपुरमा कर्मचारी अभिमुखिकरण तालिमको आयोजना गरि सफलता पुर्वक सम्पन्न गरेको हो ।

सम्पत्ती शुद्धिकरण निवारण ऐन संग सम्वन्धीत नीतिहरु तथा अन्य सेवा प्रभाहसंग सम्वन्धीत नीतिहरु तर्जुमा गर्न परामर्शकर्ताको रुपमा रौनियार एण्ड एशोसिएट्स् लाई नियुक्त गरिएको र सो एशोसिएट्को सहयोगमा कर्मचारी लाई सम्पत्ती शुद्धिकरण लगायतका विषयमा अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

Prabhu
Crest

परामर्शदाता कम्पनी रौनियार एण्ड एशोसिएट्को तर्फवाट सञ्चालक सि.ए. प्रियंका रौनियारले anti-money laundering and combating the financing of terrorism (AML/CFT) को आधारभुत विषयहरुमा कार्यपत्र प्रस्तुत दिइएकी थिइन् ।
सम्वन्धीत नीति नियम तथा आन्तरिक कार्यविधि र अनुपालना सम्वन्धमा उक्त एशोसिएट्का म्यानेजिङ्ग डाईरेक्टर भुपेन्द्र विक्रम गुप्ताले कार्यपत्र प्रस्तुतीकरण दिएका थिए ।

सम्पत्ती शुद्धिकरण निवारणका प्रावधाहरु लागु गर्दा देखिएका व्यवहारीक कठिनाईहरुको विषयहरु भिजन सेक्युरिटिज्का प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले जानकारी दिएका थिए ।

साथै, भिजन सेक्युरिटिज्का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले सम्पुर्ण कर्मचारीहरुलाई सम्वन्धीत ऐन, नियम, नियमावली तथा विनियमावलीहरु र नियामक निकायहरुको निर्देशनहरु अध्ययन गर्न र नीति नियम भित्र रहेर ग्राहकहरुलई सेवा प्रवाह गर्न निर्देशन दिए ।

हाल उपत्यका वहिर बनेपाको चारदोवाटो, भैरहवाको नारायणपथ, कावासोतीको सभापतिचोक, दमौलिको सफासडक, पोखराको चिप्लेढुंगा, वेनीको गणेशटोल ईलामको ईलाम वजार, कैलालीको धनगढी र कपिलवस्तुको चन्दौटामा गरि ९ वाट शाखा सञ्चालन छन भने उपत्यका भित्र ललितपुरको कुमारीपाटी, भक्तपुरको गठ्ठाघर, र काठमाडौको अनामनगर गरि १२ वटा कार्यालयहरुवाट शेयर कारोवार सम्वन्धी सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS