IME Life

हरिनगरामा कृषि विकास बैंकको विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौ । ग्लोबल मनि विकको अवसरमा कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा कै हरिनगर मा.वि.मा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा विद्यार्थीसंग बैंक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको लागी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, प्रदेश निर्देशक, शाखा हरिनगरा प्रमुखको सहभागीता रहेको थियो । बैंकको यस किसिमको पहलबाट प्रफुल्लित भएर हरिनगरा गा।पा। का अध्यक्ष गफार अन्सारीले बैंकलाइ धन्यबाद दिन विद्यालयमा नै आएका थिए । विद्यार्थीहरुलाई वित्तिय साक्षरताको बारे राम्रोसंग सिक्न र घर परिवारमा समेत सिकाउन सुझाव दिए ।

Prabhu
Crest

कायृक्रममा वित्तीय साक्षरता भनेको के हो ? यसको महत्व र उद्देश्य, बैंकिङ्ग कारोवार, पारिवारीक बजेट, विप्रेषण, विमा, गैह्र बैंकिङ्ग कारोवार र यी सेवा र सुविधाको लागी एडिविएल को पहल बारे विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । प्रदेश निर्देशक रञ्जन खनाल र विभागीय प्रमुख विना शर्माले सहजिकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले बजारमा चलिरहेका दुष्प्रचार र यसको पछाडीका कारणहरुबारे प्रश्न गरेका थिए, जस लाइ सहजकर्ताहरुले जवाफ दिइएका थिए ।

कार्यक्रमलाई समेट्दै प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले विद्यार्थीहरुलाई विश्वमा बैंक र पैसाको सुरुवात, आजको डिजिटल बैंकिङ्ग, बढ्दै गइरहेका चुनौती र भविष्यको बैंकिङ्ग अवस्थाको बारेमा जानकारी गराएका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS