IME Life

ग्लोबल मनी विकः कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकको गण्डकी प्रदेशले ग्लोबल मनी विकको उपलक्ष्यमा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधिहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम चैत ९ गते पोखरामा सम्पन्न गरेको छ ।  कार्यक्रममा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधि गरी ५५ जनाको उपस्थिति रहेको थियो । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिको संयोजनमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ ।

सो कार्यक्रम नेपाल राष्ट्र बैंक, पोखरा शाखाका उप–निर्देशक सुदिप त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उनले ग्लोबल मनी विकको उद्देश्य र वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पारेका थिए ।  कार्यक्रममा अतिथिको रुपमा जिल्ला प्रहरी कार्यलयका डि.एस.पी. श्रवन बि.क ले साइबर सुरक्षा, अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

Prabhu
Crest

वित्तीय साक्षरता कार्यक्रम कामना सेवा विकास बैंक, गण्डकी प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद गौतमको सभापतित्वमा भएको थियो । सो क्रममा प्रदेश प्रमुख विष्णु प्रसाद गौतमले बचतको महत्व र कर्जाको सदुपयोग बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको प्रस्तुतिकरण न्यूरोड शाखा प्रमुख शुशिल भट्टराईले गरेका थिए भने कार्यक्रम सञ्चालन सृजना चोक शाखा प्रमुख कृष्ण हरी सिग्देलले गरेका थिए ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS