IME Life

आज गरेको बीमाले भोलि हाम्रो परिवार सुखमय रहन मद्दत गर्छः कविता मोक्तान

SPIL
NIC ASIA

काठमाडौं । मानव जीवनमा जीवन बीमाको महत्व धेरै छ । बीमा भनेको कुनै पनि व्यक्तिलाई आर्थिक नोक्सान हुँदा वा जोखिम हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा कम्पनी) बीच करार सम्झौता भएको छ । बीमितले बीमा गराएपछि बीमामा तोकिएका सर्तको अधीनमा रही बीमितहरुमा आइपर्ने जोखिमको रक्षावरण कम्पनीले व्यहोर्छ ।

मानिसको जीवनसँग सम्बन्धित जोखिमको विरुद्ध गरिने बीमा जीवन बीमा हो । मानवीय जीवनमा आपत–विपत्त परेको अवस्थामा आर्थिक सहायता जीवन बीमाले दिने गर्दछ । जीवन बीमा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिने बीमा हो ।

Prabhu
Crest

हामी सबै भोलिका दिनमा आउने जोखिमका विषयमा विज्ञ हुँदैनौँ । तर, अचानक भोलि जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । त्यसकारण समयमै बीमा गरायौँ भने उक्त जोखिमको भार बीमाले कभर हुन्छ ।

जीवन बीमाले भविष्यमा पर्ने जुनसुकै क्षति तथा जोखिमलाई न्यूनीकरण गर्छ । जन्मसँगसँगै मृत्यु अनिवार्य छ । सबै मृत्यु प्राकृतिक रुपमा हुन्छन् भन्ने छैन । कुनै–कुनै अकाल तथा अस्वाभाविक पनि हुन्छ । त्यसकारण जीवन तथा सम्पति जसरी सिर्जना भएको हुन्छ, त्यसैगरी जीवनको मृत्यु तथा सम्पत्तिको नाश हुन्छ । यसले पार्ने प्रभाव मानवीय र भौतिक रुपमा विकराल हुन सक्छ । जसका लागि जोखिमको सिद्धान्तअनुसार बीमालाई सम्भावित जोखिमबाट पर्न सक्ने असरहरुलाई कम गर्न बीमा अनिवार्य गर्नुपर्दछ । हामी सबैले वित्तीय व्यवस्थापनका रुपमा पनि बीमालाई अनिवार्य अँगाल्नुपर्छ ।

जीवन बीमा बचत, सुरक्षा तथा लगानी तीनवटै कुरा हो । मानिसहरुले बीमालाई आर्थिक व्यवस्थापनको एउटा पाटोका रुपमा बुझ्न सकेमा जीवन सार्थक हुन्छ । जीवन बीमा गाडीको पछाडि राखेको एक्स्ट्रा टायरजस्तै हो । जीवन बीमा सबैको जीवनको सहारासमेत हो।

मृत्युपश्चात पनि आफ्ना परिवारलाई माया गर्न चाहनुहुन्छ भने जीवन बीमा गर्नुहोस् । आफ्नो अभावमा पनि परिवारलाई माया गरी रहने एक भरपर्दो माध्यम जीवन बीमा हो । आज तपाइँले गरेको जीवन बीमाले तपाइँको अभावमा पनि परिवारले तपाइँ भएको महसुस गर्न सक्छन् ।

काम गर्न सकुन्जेल, तपाइँ परिवारका साथमा रहुन्जेलमात्रै होइन म रहिनँ भने पनि मेरो अभाव परिवारमा नखट्कियोस् भन्ने चाहनुहुन्छ भने जीवन बीमा गर्नुहोस् । भविष्यमा पर्न गएको जोखिमलाई बीमाले हेर्छ। तपाइँको परिवारमा पर्न गएको आर्थिक संकटसँग सामना गर्न सहयोग गर्दछ । तपाइँको परिवारलाई तपाइँको अभावपश्चात अरु कसैले सहारा नदिए पनि बीमाले दिन्छ ।

मानवीय जीवनमा जीवन बीमाको अत्यन्त जरुरी रहेको छ । वित्तीय योजना तर्जुमाका लागि, आफ्ना बालबच्चाको भविष्यका लागि, आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । बीमा यस्तो चिज हो, जसले बचत पनि गर्छ र जोखिम पनि कभर गर्ने गर्दछ । भविष्यको सुरक्षाका लागि जीवन बीमाको अपरिहार्य छ । आज तपाइँ हामीले गरेको बीमाले भोलि तपाइँ हाम्रो परिवार सुखमय रहन मद्दत गर्छ। त्यसकारण बीमालाई सबैले आधारभूत आवश्यकताका रुपमा लिनुपर्छ ।

कविता मोक्तान तामाङ नेशनल लाइफ इन्स्योरेन्सको कलंकी शाखामा अभिकर्ताको रुपमा कार्यरत छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS