IME Life

नेप्से ५८ अंकले बढ्यो, बजार २१०० माथि पुग्दा २२० कम्पनीको शेयर मूल्यमा बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५८ दशलमव ५८ अंकले बढेर २,१११ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक, निर्जीवन बीमा उपसूचक र माइक्रोफाइनान्स उपसूचक सर्वाधिक बढेको हो ।

आज २२० कम्पनीको शेयर मुल्य बढेको छ भने २२ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । आज ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २४ करोड ९ लाख रुपैयााको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइनस्योरेन्सको १५ करोड ७१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जनउत्थान सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै हिमालयन ८० २० का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS