IME Life

संघर्षै संघर्षबीच मनमाया बनिन् सफल अभिकर्ता, भन्छिन् बीमा दुःखीहरुको सहारा हो

SPIL
NIC ASIA

काठमाडौं । मन माया श्रेष्ठ लगनशील र अथाह मेहनत गर्न रुचाउने एक साहसी महिला हुन् । सानैदेखि मेहनत र संघर्ष गर्न अगाडि बढेकै कारण आज शिक्षक र अभिकर्ता पेसामा मनमाया सफल छिन् । उनी पेसाले बीमा अभिकर्ता हुन् । २०४३ सालमा गोर्खाको गण्डकी गाउँपालिका फुजेलमा जन्मिएकी मनमाया हाल काठमाडौंको कीर्तिपुरमा बसोबास गर्दै आइरहेकी छिन् । मनमायाले एसएलसीसम्मको अध्ययन आफ्नो जन्मथलोबाट नै पुरा गरिन् ।

निम्नवर्गीय परिवारमा जन्मिएकी मनमायाले एसएलसी दिएर रिजल्ट नआउँदै स्कुलमा पढाउने सौभाग्य पाइन् । सानै उमेरमा मनमायाले धेरै संघर्ष गर्न पर्यो । ‘मेरो जीवनको कथा सुनायो भने एउटा किताब नै बन्छ’, मनमायाले भनिन्, ‘परिवारको आर्थिक अवस्था कमजोर भएकाले आम्दानी हुने बाटोतिर मलाई सधैँ घच्घच्याइरहन्थ्यो । यद्यपि मलाई एसएलसी दिनेबित्तिकै जागिर पनि मिल्यो यो मेरा लागि सबैभन्दा ठूलै उपलब्धि बन्यो । स्कुले जागिरले मेरो परिवारको जोहो टार्न धेरै सहयोग गर्यो ।’निम्न आयस्तर भएको परिवारबाट मनमायाले अथाह मेहनत र लगनशीलतामा अडिग रही प्लस टु गर्न सदरमुकाम जाने निधो गरिन् । तर, गाउँमा पाएको स्कुलको जागिर नछोडी कलेज भर्नामात्रै गर्ने र परीक्षा दिन जाने योजना बनाई सदरमुकाममा मनमायाले प्लस टु ज्वाइन गरिन् । उनले सदरमुकामबाट स्नातकसम्मको अध्ययन पूरा गरिन् । त्यसपछि ठूलो आँट र हौसला बोकेर परिवार र आफ्ना लागि केही गर्छु भन्ने अठोट गरी स्नाकोत्तर गर्न मनमाया काठमाडौं छिरिन् । संघर्षै संघर्षका बीच पनि उनले एमएडसम्मको अध्ययन पूरा गरिन् ।

Prabhu
Crest

धेरै संघर्ष गर्दै पढेकी मनमायालाई काठमाडौं आएपछि धेरै गाह्रो भयो । सहरमा काम नगरी पेट पाल्नै असाध्यै गाह्रो भन्दै उनले सहरमा पैसाबिना धेरै अभावहरु खड्किएको सुनाइन् । पढाइसँगै केही सीप पनि चाहिन्छ भन्ने हेतुले स्कुटर सिक्न गएकी मनमायाको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा काम गर्ने शिवकुमार श्रेष्ठसँग भेट भयो । श्रेष्ठले मनमायालाई बीमा प्रस्ताव गरे। मनमायाले ‘पैसा पनि छैन, काम पनि छैन’ भन्ने जबाफ दिइन्। श्रेष्ठले ‘त्यसो भए बीमा अभिकर्ता बन, आम्दानी पनि हुन्छ, यो पेसा राम्रो पनि छ’ भन्ने सल्लाह दिए। त्यसपछि मनमायाले ‘हुन्छ बुझेर खबर गर्छु’ भन्ने प्रतिक्रिया दिइन् । फेरि मनमायाको अर्को भेट पनि नेपाल लाइफकै अभिकर्ता कल्पना भण्डारीसँग भयो ।

भण्डारीले पनि ‘बीमा अभिकर्ता बन, आम्दानी पनि हुन्छ, पढ्नलाई पनि समय मिल्छ’ भन्ने सल्लाह दिइन् । सहरमा अभावै अभाव झलेकी मनमायाले अन्ततः २०७१ सालमा नेपाल लाइफ इन्स्योरेन्सबाट बीमा अभिकर्ता लाइसेन्स लिइन् ।

पहिलो बीमा आफ्नो भाइको नै गराएको हुनाले खासै गाह्रो नभएको मनमायाले सुनाइन् । सुरु–सुरुमा बीमा गराउन त परैको कुरा बीमा प्रस्ताव राख्नसमेत डराउने मनमायाले अहिले १५० जनाभन्दा बढीको बीमा गराइसकेकी छिन् । सुरुमा बीमा प्रस्ताव राख्न निकै डर लागेको घट्ना सुनाउँदै मनमायाले भनिन्, ‘म बस्ने घरमालिककै छोरीलाई बीमा गराउनुस् भन्न आँट नआएर मेरी साथी कल्पना भण्डारीलाई तपाइँले कन्भिन्स गराइदिनुस् भनेर मेरो घरमा बोलाएर बीमा प्रस्ताव राखेको मेरो दिमागमा ताजै छ ।’

स्कुलमा बच्चाहरुलाई किताबी ज्ञान बाढ्ने मनमाया आम सर्वसाधारणमा बीमा ज्ञान बाढ्दै हिडेकी छिन् । नेपाल लाइफबाट अभिकर्ता पेसा सुरु गरेकी मनमाया अहिले सिटिजन लाइफको स्वयम्भु शाखाको ०१ कोडबाट बीमा व्यापार गर्छिन् । नेपाल लाइफमा करिब ५–६ वर्ष काम गरेकी मनमायाले २०७७ सालमा सिटिजन लाइफ इन्स्योरेन्सबाट बीमा बुझाउँदै हिँडेकी छिन् । उनी भन्छिन, ‘बीमा अभिकर्ता पेसा बिशुद्ध समाज सेवा हो । ‘बीमा गराएपछि बीमितहरुको घरमा केही घटना हुँदा क्षतिपूर्ति दिने काम बीमाले गर्छ । बीमाले आर्थिक भारलाई कम गर्छ ।

यसकारण पनि बीमा अभिकर्ता पेसा समाज सेवा नै हो’, उनले भनिन्, ‘हामीले सबै मानिसहरुको लाइफ सेक्योर गरेर हिँडेका हुन्छौँ । बीमा भनेको नै  दुःखको साथी हो । आफु रहदा आफुलाइ आफु र नरहदा परिवारको लागि भएको कारणले बीमा सवैको लागि अनिवार्य रहेको छ ।’
‘बीमा गराउन जाँदा मानिसहरुले बीमा के हो भन्ने नै बुझेका हुँदैनन् । उनीहरुले नै बीमा अभिकर्तालाई दलला पेसाको संज्ञा दिने गर्छन्’, मनमाया थप्छिन्, ‘बीमा बुझाउन जाँदा अभिकर्ताहरुलाई नै गाली गर्ने अनि कसरी बुझछन् बीमा ? अनि कसरी वृद्धि हुन्छ बीमाको पहुँच ? त्यसकारण पनि सरकारले बीमालाई प्राथामिकतामा राखेर अनिवार्य बीमा नीति ल्याइदिए राम्रो हुन्थ्यो ।’

विदेशमा जस्तै नेपालमा पनि बीमा अनिवार्य हुनुपर्ने मनमायाको भनाइ छ। उनले भनिन्, ‘नेपालमा पनि अहिले गाडी र बाइकहरुको अनिवार्य बीमा छ। त्यसैगरी जीवन बीमा पनि अनिवार्य भयो भनेमात्रै पहुच अनुसार बीमा एउटा आवश्यकता रहेछ भन्ने सबैलाई हुन्छ । होइन भने बीमा बुझ्ने नेपालीहरु कम नै छन्। यसका लागि सरकारले नै पहल गर्नुपर्छ।’

एक बीमा अभिकर्तामा असल छवि,,आर्थिक कारोबारमा पारदर्शीता, लगनशीलता, ,इमान्दारीता ,बोलीमा मीठासपन, हसिलो व्यवहार, शारीरीक र मानशिक रुपमा स्वस्थ, धर्यताजस्ता गुण हुनु आवश्यक रहेको मनमायाको अनुभव छ । ‘यो पेसा अपनाउने जोकोहीले पनि आफूलाई आवश्यक पर्ने रकमका लागि मेहनत गरेमा जति पनि आम्दानी गर्न सकिन्छ’, उनले भनिन्, ‘साथै, आम्दानीसँगै सामाजिक रुपबाट आर्थिक प्रत्याभूति, समाज सेवाजस्ता कार्यहरु पनि गर्न सकिन्छ ।’ बीमा एक किसिमको मानव सेवा भन्ने धारणा मनमायाको छ। ‘साथै, आम्दानीको एउटा पाटो पनि हो’, उनले भनिन्, ‘अभिकर्ता पेसामा लागेपछि म एकदम सन्तुष्ट छु।’

शिक्षक पेसासँगै अभिकर्तामा जमेर लागेकी मनमायाले नाम र दाम दुवै कमाएकी छिन् । उनी भन्छिन्, ‘बीमा आर्थिक सुरक्षा हो, आजको स–सानो बचतले भोलिको ठूलो आर्थिक जोखिम बहन हुन्छ ।’ अभिकर्ता पेसाप्रति आफ्नो सम्मान सधैँ रहने मानमायाको प्रतिबद्धता छ। ‘यो पेसाले गर्दा मैले आर्थिक रुपमा सबल हुने मौका पाएँ’, उनले भनिन्।

यो पेसाले गर्दा ‘मैले मान सम्मान र इज्जत पाएकी छु ।, ‘अभिकर्ता पेसाले मलाई सबैसामु चिनाएको छ ।’ उनले भनिन ‘यो पेसामा अगाडी बढ्नका लागि पनि मेरो श्रीमानबाट धेरै साथ पाएकी छु ।’ काठमाडौंको भीडमा घर र जग्गासमेत जोड्न मनमाया सफल भएकी छिन्। उनले सिटिजन लाइफले दिने हरेक टार्गेट पूरा गर्ने गरेको बताउँछिन् । मन मायाले ८० जनाको टिम सहित सिनियर एमको लक्ष्य सहित अगाडि बढेकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS