IME Life
Beema Board

निक्षेप १४.४%ले बढ्दा कर्जा विस्तार ४.७% मात्रै वृद्धि !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा निक्षेप १४.४ प्रतिशतले बढ्दा कर्जा विस्तार ४.७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको माघसम्मको तथ्यांकले निक्षेपको तुलनामा कर्जा विस्तार वृद्धि न्यून देखाएको हो ।

तथ्यांक अनुसार, २०८० माघ मसान्तमा २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ । पूर्व बैंकरहरू निजी क्षेत्रको मनोबल बढाउन नसक्दा कर्जा विस्तार बढ्न नसकेको बताउँछन् ।
पूर्व बैंकर भुवन दाहालले अहिले निजी क्षेत्रको मनोबल बढ्न नसकेका कारण कर्जा विस्तार बढ्न नसकेको बताए । उनले बजार माघ बढेमा कर्जाको माग आफैं बढ्न जाने उनको बुझाइ छ ।

Prabhu
Crest

पूर्वबैंकर दाहाल मनोबल बढाउनका लागि सरकार, राष्ट्र बैंक, निजी क्षेत्र, बैंकर सबैले पहल गर्नुपर्ने बताउँछन् । यता बैंकरहरू पनि अहिले कर्जाको माग नै नबढेकाले निजी क्षेत्रको मनोबल बढाउन सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिँदै आएका छन् ।

राष्ट्र बैंकका अनुसार, निक्षेपको तुलनामा कर्जा विस्तार न्यून देखिएपनि गत आवको माघसम्मको तुलनामा भने सामान्य सुधार देखिएको छ । २०८० माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा गएको ऋण १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ (४.१ प्रतिशत) ले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ (३.२ प्रतिशत) ले बढेको थियो ।
गत आवको माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ५३ अर्ब ९७ करोड (५.० प्रतिशत) ले बढेकोमा चालु आवको सोही अवधिमा ३ खर्ब ९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको छ ।

अहिले सबै क्षेत्र दवावमा परेकाले कर्जाको विस्तार बढ्न नसकेको जानकारहरू बताउँछन् । अहिले निजी क्षेत्रले पूरानो कर्जाको ब्याज र सावाँ नै भुक्तानी गर्न नसकेको समयमा कर्जा माग गर्न नसकेको बताउँदै आएको छ । साथै उत्पादित सामानले बजार नभएको समेत निजी क्षेत्रको भनाइ छ । उपभोक्ताको क्रयशक्तिमा संकुचन आउँदा अहिले बजार माग नै सिर्जना नभएको जानकारहरू बताउँछन् ।

उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा अहिले सबै क्षेत्र संकुचनको अवस्थामा छ । यस्तै बैंकहरूले पनि पुँजी प्रयाप्तताको दवाव, खराब कर्जामा वृद्धि जस्ता कारणले कर्जा प्रवाह विस्तारको मनसाय देखाएका छैनन् ।  चालु आवको माघसम्ममा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तै विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा निकै न्यून वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार, कृषि क्षेत्रमा चालु आवको सात महिनामा ०.८ प्रतिशतले कर्जा विस्तार बढेको छ ।

यस्तै औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशतले बढेको छ । यस्तै मार्जिन प्रकृतिको कर्जा ११.६ प्रतिशतले बढ्दा रियल स्टेट कर्जा (यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले बढेको छ ।

यस्तै नगद प्रवाह कर्जा २६.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ११.१ प्रतिशतलेबढेको छ ।  तर अधिविकर्ष कर्जा ४२.३ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २०.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS