IME Life

नेप्से २२ अंकले बढ्दा १९४ कम्पनीको मूल्य बढ्यो, लघुवित्तको शेयरमा लगानीकर्ता झुम्मिए

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव १० अंकले बढेर २,०५२ को विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज माइक्रोफाइनान्स कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज माइक्रोफाइनान्स उपसूचक ४ प्रतिशतले बढेको छ । आज दिनभरिमा २०४ कम्पनीको ७० करोड ४३ लाख ४५७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९३ लाख रुपैयााको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको ७ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ७२ प्रतिशतका दरले कमाउका छन् ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ०६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS