IME Life

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले चैत १३ गतेबाट अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत १३ गतेदेखि चैत १६ गतेसम्म निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो ।

तालिममा सहभागि हुनका लागि न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सहभागि हुनको लागि नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, स्थायी लेखा नम्बर र तालिम शुल्क १ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाउको छ ।

Prabhu
Crest

तालिम कम्पनीको प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ । उक्त तालिममा सहभागिता जनाउनका लागि आवश्यक कागजातसहित चैत्र १२ गतेभित्र कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

तालिममा ५० जनाभन्दा बढी सहभागी संख्यामा सहभागि गराउन नसकिने हुँदा पहिलो प्राप्त भएको निवेदनलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । अभिकर्ता परीक्षा भने चैत १६ गते हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS