IME Life

ग्रिन डेभलपमेन्ट बैंकले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले एकैसाथ आफ्नो १०औं र ११औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा बैंकले चैत २७ गते गर्ने निर्णय गरेको हो । सभा पोखराको मेजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुइटमा बिहान ११ बजेदेखि हुने बैंकले जनाएको छ । बैंकको फागुन २४ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/ २०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८र/७९ र २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने जनाएको छ ।

Prabhu
Crest

सभाले संचालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा संचित मुनाफा रकम समेतवाट यस डेभपलपमेण्ट बैंकको हाल कायम चुक्तापूँजी ५१ करोड ९० लाखको ० २० प्रतिशतले हुन आउने नगद लाभाशमा लाग्ने कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव उपर छलफल गरि पारित गर्ने जनाएको छ ।

सभाले लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको नियुक्ती अनुमोदन गर्ने, संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालक नियुक्त भएको प्रस्ताव सभाले पारित गर्नेछ ।

सभाले संचालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७८/ ७९ सम्मको मुनाफावाट हाल कायम चुक्ता पुँजीको ३८ प्रतिशतलाभांश पारित गर्ने र सोही वमोजिम डेभलपमेण्ट बैंकको प्रवन्धपत्रमा वैंकको जारी तथा चुक्ता पूँजी वृद्धी गर्न आवश्यक संसोधन प्रस्ताव पारित गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत ९ गते बसक क्लोज गर्ने जनाएको छ । त्यसकारण चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS