IME Life

एनएमबि बैंकले ल्यायो लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जेसी) योजना सार्वजनिक गरेको छ । यस नितिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोेत्सान गरेको बैंकले जनाएको छ।

जेसीले समग्र बैंकीङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको छ ।

Prabhu
Crest

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण (जेसी) योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकहरुलाई व्हिलचेर र्‍याम्प स्थापना गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व कार्यक्रम समेत सुरुवात गरिसकेको छ ।

महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कणरली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरु चल्तिमा ल्याईसकेको छ ।

हालसम्म बैंकले देशभरी २०१ शाखाहरु, १८३ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS