IME Life

मुख्य वित्तीय सूचकहरुमा शाइन रेसुंगा र मुक्तिनाथ विकास बैंकलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपालको स्थापित र ठूलो विकास बैंक हो भने शाइन रेसुंगा डेभलपमेन्ट बैंक केही वर्ष अघिमात्र राष्ट्रियस्तरमा उक्लिएको विकास बैंक हो । दुवै बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः

Prabhu
Crest

चुक्तापुँजीका आधारमाः मुक्तिनाथको चुक्तापुँजी ७ अर्ब ४ करोड रहेको छ भने शाइन रेसुंगाको चुक्तापुँजी ४ अर्ब ७३ करोड रहेको छ ।
जगेडा कोषका आधारमाः मुक्तिनाथको जगेडा कोषमा २ अर्ब ९२ करोड रहेको छ भने शाइन रेसुंगाको जगेडा कोषमा १ अर्ब ७६ करोड रहेको छ ।

रिटेन्ड अर्निङका आधारमाः मुक्तिनाथको रिटेन्ड अर्निङ ३१ करोड ऋणात्मक रहेको छ भने शाइन रेसुंगाको रिटेन्ड अर्निङमा ६ करोड ७४ लाख रहेको छ ।

निक्षेप र कर्जाका आधारमा: बैंकहरुले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरणका आधारमा मुक्तिनाथले १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९६ अर्ब २९ करोड कर्जा प्रवाह गरेको छ भने शाइन रेसुंगाले ६० अर्ब ६२ करोड निक्षेप संकलन गरी ५० अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानीका आधारमाः चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मुक्तिनाथले २ अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेकोमा शाइन रेसुंगाले १ अर्ब ४ करोड खुद ब्याज आम्दानी गरेको छ ।

सञ्चालन नाफाका आधारमाः चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मुक्तिनाथले ६१ करोड ६९ लाख सञ्चालन नाफा गरेकोमा शाइन रेसुंगाले ५९ करोड ३० लाख संचालन नाफा गरेको छ ।

खुद मुनाफाका आधारमाः आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरणका आधारमा मुक्तिनाथले ४२ करोड खुद नाफा गरेकोमा शाइन रेसुंगाले ३७ करोड १२ लाख खुद नाफा गरेको छ ।

किताबी मूल्यका आधारमाः मुक्तिनाथको किताबी मूल्य १३७.०३ रुपैयाँ छ भने शाइन रेसुंगाको किताबी मूल्य १३८.६८ रुपैयाँ छ ।

वार्षिक प्रतिसेयर आम्दानीका आधारमा: वित्तीय विवरणका आधारमा मुक्तिनाथको वार्षिक प्रतिसेयर आम्दानी ११.९२ रुपैयाँ छ भने शाइन रेसुंगाको वार्षिक प्रतिसेयर आम्दानी १५.६८ रुपैयाँ छ ।

खराब कर्जाका आधारमाः मुक्तिनाथको खराब कर्जा २.५१ प्रतिशत हुँदा शाइन रेसुंगाको खराब कर्जा २.६२ प्रतिशत छ।

नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला । माथिको समाचार सेयर कारोबार प्रयोजनका लागि होइन।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS