IME Life

शिवरात्रीको पुर्वसन्ध्यामा शिव पार्वती रथयात्रा भब्य रुपमा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । शिवरात्रीको पुर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा फागुन २३ गते सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दीरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुश सहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमुर्ती भएको स्थानमा पुगेका थिए । शिवरात्रीको सो अवसरमा १०८ फिट अल्लो मुर्ति भएको मन्दीर परिशरमा विशेष पुँजा–आजा समेत सम्पन्न गरिएको थियो । साथै औपचारिक कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य भक्तपुर २ नं क्षेत्रका सासंद दुर्लब थापा, विशिष्ट अतिथि प्रदेश सासंद सुरेश श्रेष्ठ, पुर्वराज्यमन्त्री तारामान गुरुङ, अर्का आर्कषक ब्यक्ति अन्र्तराष्ट्रिय गुरु स्वामि श्री १००८ सत्यदेब महाराजको समेत उपस्थीति रहेको थियो । प्रमुख अतिथि दुर्लभ थापाले एउटा सामान्य परिवारमा जन्मेर शिवतान्त्रिक बुद्धिकुमार गुरुले अत्यन्तै सह्रानिय काम गरेको बताए । उनले भने ‘ यस ठाउँमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणले भक्तपुर चाँगुनारायणको मात्र होइन देशको पहिचानलाई नै उच्च राख्ने छ । दुई बर्ष भित्रै यहाँका सम्पुर्ण कामहरुलाई सक्नुपर्छ । धार्मिक पर्यटनको रुपमा यस ठाउँलाई विकास गनुपर्छ ।’

Prabhu
Crest

कार्यक्रममा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुले भने‘हामी सबै नेपाली आमाका सन्तान हौं, हामी सबैको जिवन अत्यन्त छोटो छ । हामी सधै सत्यको मार्गमा हिँड्नु पर्छ । मनुष्य जिवन अत्यन्त महत्वपुर्ण छ । यो छोटो जिवनमा हामी सबैले परमार्थको काम गर्नुपर्छ ।’ उनी भन्छन् ‘ मैले यस ठाउँमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणको काम जसरी पनि पुरा गर्ने अठोट लिएको छु । बरु एक छाक खान किन छोड्नु नपरोस् । तर पुरा गर्दछु ।’ सो काम गर्न अहिलेसम्म १४ करोड रुपैयाँ खर्च भएको समेत उनले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS