IME Life

नेपाल लाइफको आन्तरिक नियन्त्रण प्रणालीमा कैफियतै कैफियत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफको बढ्दो कारोबार आकार र झण्डै २ खर्ब रुपैयाँको कोष खडा भएसँगै कमजोर आन्तरिक नियन्त्रण प्रणालीले वित्तीय सुशासनमा समस्या देखिएको छ। आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणले दिएको स्वीकृतिमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन निर्देशन दिइएको छ।

नेपाल लाइफमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा यसको सञ्चालन जोखिम पनि बढ्दै गएपछि प्राधिकरणले सचेत गराएको हो। आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा ठूलो कारोबार, लेनदेन, जनशक्ति व्यवस्थापन लगायतका कारणले यसको दैनिक कार्य सञ्चालनको क्रममा जोखिम बढ्दै गएको छ।

Prabhu
Crest

उधारोमा बिमालेख बिक्रीः

बीमा प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासपछि गरेको स्थलगत अनुगमनको क्रममा कम्पनीले बीमाशुल्क आम्दानी नै नभई पटक पटक उधारोमा जीवन बीमालेख बिक्री गरेको छ। बीमा ऐन २०७९ को दफा ६४(२) मा बीमकले पुरा बीमाशुल्क नलिई बीमालेख जारी गर्न हुँदैन भन्ने स्पष्ट प्रावधान छ। नेपाल लाइफले यो प्रावधानलाई पटक पटक उल‌ंघन गर्दै बीमालेख बिक्री कार्यलाई निरन्तरता दिएको छ।

बीमा रकम भुक्तानी नै नदिई नयाँ बीमालेख बिक्रीः

आव २०७९/८० को तेश्रो त्रैमासिक आन्तरिक लेखा परिक्षणका क्रममा पुनर्बीमा निर्देशिकाको बुँदा न‌ं. १५ , आन्तरिक लेखा परिक्षण प्रतिवेदन निर्देशिका २०७९ को बुँदा न‌ं.  ७० को २ र २२ पालना नगरेको,जीवन बीमालेख निर्देशिका २०७९ को निर्देशन २० को व्यवस्था पालना नगरेको, विभिन्न बीमालेखको मृत्युदाबी, परिपक्व दाबी तथा अग्रिम भुक्तानी दाबी वापतको रकम भुक्तानी पूर्व नै नयाँ बीमालेखहरु रुपान्तरण गरी बाँकी रकम मात्र भुक्तानी गरी बीमा ऐनको दफा १२३ को दाबी भुक्तानी प्रकृया विपरित कार्य गरेको प्राधिकरणले फेला पारेको छ।

सञ्चालक समितिबाट अनुगमन नै हुँदैनः

स‌ंस्थागत सुशासन सम्बन्धी निर्देशिकाको बुँदा न‌ं. १५ १,२ को व्यवस्था बमोजिम सञ्चालक समितिबाट अनुमगन तथा सुपरिवेक्षण नगराएको, प्राधिकरण समक्ष त्रैमासिक प्रतिवेदन पेश नगरेको र सञ्चालक समिति समक्ष पेश गर्नु अघि छलफल गर्नुपर्नेमा सो पनि नगरेकोमा पनि प्राधिकरणले चित्त बुझ्दो जवाफ पाएको थिएन।

सुशासन निर्देशिका बमोजिम तयार भएन विवरणः

स‌ंस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ७ र बीमा ऐनको दफा ५० को व्यवस्था बमोजिम विवरणहरू अध्यावधिक नगरेको फेला पारेको थियो ।

शाखा कार्यालयमा छैन पर्याप्त जनशक्तिः

बीमकको शाखा कार्यालय सञ्चालन सम्बन्धी निर्देशिका २०७९ को दफा ७ बमोजिम कर्मचारी व्यवस्था नगरेको आरोपमा नेपाल लाइफ विरुद्ध प्राधिकरण सञ्चालक समितिले कारवाहीको निर्णय समेत गरेको छ।

अवैध कर्मचारी विनियमावलीः

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत नै नभएको कर्मचारी विनियमवाली २०७९ कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले विनियमावलीको तीनवटा प्रावधानमा संशोधनका लागि दिएको निर्देशनलाई पटक पटक अवज्ञा गर्दै नेपाल लाइफको सञ्चालक समितिले व्यवस्थापनमार्फत् अवैध विनियमावली कार्यान्वयनमा ल्याएको हो । नेपाल लाइफले प्राधिकरणलाई अटेर गर्ने निरन्तरता दिई रह्यो भने बीमा ऐन २०७९ को प्रावधान अनुसार इजाजत पत्र समेत जफत गर्न सक्ने अधिकार प्राधिकरणसँग छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

0%

दु :खी

8%

अचम्मित

17%

उत्साहित

58%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS