IME Life

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाई नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण(साविक बीमा समिति) बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा परिचित छन् । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स र साविक प्रभु लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको अनुभव छ ।

Prabhu
Crest

प्रसाई साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

0%

अचम्मित

22%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS