IME Life
Beema Board

शेयर बजारमा २० अंकको गिरावट हुँदा १९७ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ७६ अंकले घटेर २००५ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २०करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, गोर्खाज फाइनान्स कम्पनीको १४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावर कम्पनीको ८ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ८७ प्रशिततका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ७ दशलमव ६० प्रशिततका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS